आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

मासिक १०० अभियानबाट रियल ड्रिम होमलाई सहयोग 

गोकर्णेश्वर खबर२५ पुष २०७९, सोमबार ०८:३७ मा प्रकाशित (१ साल अघि) ९८ पाठक संख्या

२५ पुष, काठमाडौं । मासिक १०० अभियान नेपालले काभ्रे जिल्लामा दृष्टिविहिन बालबालिकाको लागि सहयोग गरेको छ । पनौती नगरपालिका ४ मा रहेका दृष्टिविहिन बालबालिकाको आवासीय गृह रियल ड्रिम होमलाई अभियानले सहयोग गरेको हो ।

अभियानले अघिल्लो बर्ष गरिएको सहयोगलाई निरन्तरता दिदै यो बर्ष पनि सहयोग गरेको हो ।

अभियानले स्टेसनरी सामग्री तथा खाद्यसामग्री सहयोग गरेको अभियानका अध्यक्ष सञ्जय पोखरेलले गोकर्णेश्वरर खबरलाई जानकारी दिए ।