आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

बालुवामा दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२१ पुष २०७९, बिहीबार ०९:०६ मा प्रकाशित (१ साल अघि) ९९ पाठक संख्या

२१ पुष, काठमाडौं । गोकर्णेश्वर ३ मा आज ज्येष्ठ नागरिक दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम भएको छ । बुधबार वडा कार्यालय प्राङ्गण बालुवा स्थित स्वास्थ्य चौकीमा दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम भएको हो ।

नगरपालिका र सशक्तिकरण अवसर संस्थाको आयोजनामा भएको कार्यक्रमको नगर उप प्रमुख सान्नानी लामा, वडा नं. ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल, वडा सदस्यहरु लक्ष्मी भण्डारी, बुद्धि बहादुर श्रेष्ठ लगायतले निरिक्षण गर्नु भएको छ ।

यस कार्यक्रम आँखा जाँचसँगै निःशुल्क रुपमा चस्मा समेत वितरण हुँदै आएको छ र यो कार्यक्रम वडा नं. ३ सहित नगरपालिकाको ९ वटै वडामा हुनेछ ।

अहिलेसम्म वडा नं. ४, ५, ६, ७, ८ र ९ वडामा सम्पन्न भईसकेको छ । वडा नं. ३ मा बुधबार ९० जना भन्दा बढी ज्येष्ठ नागरिकले आँखा परिक्षण गरिसकेका छन् ।