आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

ऐतिहासिक देशे गाउ जाने बाटोमा गेट निर्माण शिलान्यास 

गोकर्णेश्वर खबर२१ पुष २०७९, बिहीबार ०८:५९ मा प्रकाशित (१ साल अघि) ८२ पाठक संख्या

२१ पुष, काठमाडौं । गोकर्णेश्वर ४ मा रहेको ऐतिहासिक देशे गाउ जाने बाटोमा गोकर्णेश्वर मन्दिर नजिकै गेट निर्माणको शिलान्यास गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामा वडा अध्यक्ष जयराम महतले संयुक्त रुपमा उक्त गेटको शिलान्यास गरेका हुन् ।

गेट शिलान्यास कार्यक्रममानगर प्रवक्ता नारायण बहादुर सुवेदी, वडा अध्यक्षहरु द्वारिका श्रेष्ठ, मधु तामाङ, मुरारी प्रसाद कुईकेल, नवराज लामा, राजिव थापा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय, नगरपालिकाका लेखा प्रमुख रामजी रायमाझी, वडा सदस्यहरु कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ, सुनिता परियार, गौरी श्रेष्ठ, सहित वडा सचिव नवराज सेन लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

मौलिक शैली झल्किने गेट करिब १५ लाखको लागतमा निर्माण हुनेछ ।