आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

सोमबार बिहान सुन्ताखान घट्ट बसपार्कबाट सार्वजनिक बस चल्ने 

गोकर्णेश्वर खबर१७ पुष २०७९, आईतवार २०:४५ मा प्रकाशित (१ साल अघि) ४७३ पाठक संख्या

१६ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा भोली देखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

वडा अध्यक्ष मुरारी प्रसाद कुईकेलको संयोजकत्वमा भएको स्थानीय वासीन्दा र यातायात व्यवसायि बिचको भेलाले हिजो देखि बस सञ्चालन गर्ने भनिएता पनि सञ्चालन हुन सकेको थिएन ।

तर, सोमबारबाट यातायात व्यवसायिले बस सञ्चालन गर्ने जानकारी दिएको वडा अध्यक्ष कुईकेलले गोकर्णेश्वर खबरलाई बताए ।

भोली सोमबार बिहान साढे ५ बजे सुन्ताखान घट्ट बसपार्कबाट रत्नपार्कका लागि बस चल्नेछ । शुरुका दिनमा सुन्ताखान-रत्नपाक रुटमा परिक्षणका रुपमा १० वटा गाडि सञ्चालन हुनेछ ।