आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

काठमाडौं ३ का जनताको पक्षमा काम गर्छु : संघीय सांसद सन्तोष चालिसे

गोकर्णेश्वर खबर७ पुष २०७९, बिहीबार २०:०८ मा प्रकाशित (१ साल अघि) ११३ पाठक संख्या

७ पुष, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ का संघीय सांसद सन्तोष चालिसेले पहिलोपटक संसद भवनमा प्रवेश गर्दा असाध्यै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

संसदमा सपथ लिए पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै चालिसेले आफूले लामो समय देखि जनताको विचमा बसेर काम गरेकोले आगामी दिनमा पनि संघीय संसदमा बसेर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चालिसेले आफूले संघीय संसदमा काठमाडौं क्षेत्र नं. ३ का जनताको पक्षमा जल्दाबल्दा समस्याको विषयमा जोडदार रुपमा कुरा उठाउने र त्यसलाई समाधानका लागि निरन्तर क्रियाशिल हुने बताए ।

आज नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।