आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

प्रधानमन्त्रीमा शशांक कोइरालाको दाबी

गोकर्णेश्वर खबर८ मंसिर २०७९, बिहीबार १८:२२ मा प्रकाशित (१ साल अघि) ३० पाठक संख्या

८ मंसिर, काठमाडौं । पूर्वी नवलपरासी १ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी कांग्रेस नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दावी गर्ने बताएका छन् ।

कोइरालाले यो पटक प्रधानमन्त्रीको दावी गर्ने धेरै देखिएको र आफ्नो पनि दाबी रहने बताएका छन् । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापाको दावी रहे जस्तै आफ्नो पनि दावी रहने बताए ।

राजनीतिमा युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको बताउँदै उनले देशभर यस पटकको निर्वाचनले युवाहरुलाई अघि बढाऊ भन्ने सन्देश दिएकोमा जोड दिए ।