आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

सूर्य चिह्नबाट चुनाव लडेका कमल थापा हार्दै

गोकर्णेश्वर खबर८ मंसिर २०७९, बिहीबार ०८:२० मा प्रकाशित (१ साल अघि) ५७ पाठक संख्या

८ मंसिर, हेटौंडा । नेकपा एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा हार नजिक पुगेका छन् । थापाले आफ्नो हार स्वीकार गरेका छन् ।

मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् ।

थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाएका छन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद दिएका छन् ।