आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

मकवानपुर २ (२) मा कांग्रेसका इन्द्रबहादु बानियाँ विजयी

गोकर्णेश्वर खबर७ मंसिर २०७९, बुधबार १९:१८ मा प्रकाशित (१ साल अघि) २८ पाठक संख्या

७ कार्तिक, काठमाडौं । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘२’ मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादु बानियाँ विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । बानियाँले थापालाई १ हजार ७८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । थापाले १६ हजार ९३४ मत प्राप्त गरेका छन् ।

विजयी बानियाँले कुल ४० हजार ५९९ मत खसेकोमा १८ हजार ७१६ मत प्राप्त गरेका थिए । बानियाँ अघिल्लो पटक यसै निर्वाचन क्षेत्रबाट बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए । उनी कांग्रेसका वाग्मती प्रदेशसभा संसदीय दलका नेता समेत हुन् ।