आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

झापा–१ बाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित 

गोकर्णेश्वर खबर७ मंसिर २०७९, बुधबार १८:३४ मा प्रकाशित (१ साल अघि) ३७ पाठक संख्या

७ मंसिर, काठमाडौं । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।

शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।