आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

एमाले अध्यक्ष ओलीको जित निश्चित

गोकर्णेश्वर खबर७ मंसिर २०७९, बुधबार १६:२७ मा प्रकाशित (१ साल अघि) ७ पाठक संख्या

७ मंसिर, काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित बनेको छ । १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका थिए । झापामा अब गणना हुन १३ हजार भन्दा कम मत हुँदा अध्यक्ष ओलीले २३ हजार ६१५ मतले अगाडि छन् ।

ओलीले ४४ हजार ८०५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र अधिकारीले २१ हजार १५४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ९ हजार ९३० मत ल्याएका छन् ।

२०४८, २०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी सम्हालेका ओलीले संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित भएका थिए । यस्तै संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा ओली झापा ५ बाट निर्वाचित भएका हुन् ।