आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

सन्तोष चालिसे २ हजार २४१ मतले अग्रता लिंदै 

गोकर्णेश्वर खबर६ मंसिर २०७९, मंगलवार १५:५३ मा प्रकाशित (१ साल अघि) ५० पाठक संख्या

६ मंसिर, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेको अग्रता फराकिलो भएको छ । २४ हजार ७४ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार चालिसेले २ हजार २४१ मतले अग्रता लिएका छन् ।

अहिले सन्तोष चालिसेले ९ हजार २६५ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण राईले ७ हजार २४ मत पाएका छन् । मत गणना बढ्दै जाँदा निवर्तमान सांसद समेत रहेका राई विरुद्ध चालिसेको मतान्तर पनि बढ्दै गएको छ ।

यसैगरी, घण्टि चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापाले ३ हजार ७७५ मत र राप्रपाका गणेश गिरीले १ हजार ५५२ मत पाएका छन् ।