आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

काठमाडौं ३ मा सन्तोष चालिसे १ हजार ७८७ मतले अघि 

गोकर्णेश्वर खबर६ मंसिर २०७९, मंगलवार १२:०७ मा प्रकाशित (१ साल अघि) ५१४ पाठक संख्या

६ मंसिर, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेको अग्रता फराकिलो भएको छ । २० हजार ८६१ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार चालिसेले ७ हजार ८३८ मत पाएका छन् ।

यसैगरी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण राईले ६ हजार ५१ मत पाएका छन् ।

चालिसेले राईलाई पछाडी पार्दै १ हजार ७८७ मतको फराकिलो अग्रता लिएका छन् । निवर्तमान सांसद समेत रहेका राई विरुद्ध चालिसेले फराकिलो मतान्तर बनाएका छन् ।

यसैगरी, घण्टि चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापाले ३ हजार ३७६ मत र राप्रपाका गणेश गिरीले १ हजार ३९० मत पाएका छन् ।