आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

काठमाडौं ३ प्रदेश (क) मा छिरिङ दोर्जे लामा २९९ मतले अगाडी

गोकर्णेश्वर खबर५ मंसिर २०७९, सोमबार १८:०३ मा प्रकाशित (१ साल अघि) ६१ पाठक संख्या

५ मंसिर, काठमाडौं । पछिल्लो मत गणनाको परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ३ प्रदेश (क) तर्फ नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामाले १८३६ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा २९९ मतले एमालेका उम्मेदवार भन्दा अगाडी छन् ।

यसैगरी, एमालेका चन्द्रमान लामाले १५३७ मत पाएका छन् ।

जम्मा ६१०५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले १३०४ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चुण्डी लामाले ९४५ मत ल्याएका छन् ।

क्यापले कांग्रेसको मत काट्दा एमालेलाई फाईदा हुने अड्कलका बिच कांग्रेसका छिरिङ दोर्जे लामा एमाले भन्दा २९९ मतले अगाडी रहेका छन् ।