आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

यूएईविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपाललाई

गोकर्णेश्वर खबर२ मंसिर २०७९, शुक्रबार २१:१४ मा प्रकाशित (१ साल अघि) १४ पाठक संख्या

२ मंसिर, काठमाडौं । ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स ९यूएई० विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो ।

जितसँगै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई तीन विकेटले हराउँदै सिरिज जित्ने सम्भावना कायम राखेको थियो । अघिल्ला दुई खेलमा कमजोर ब्याटिङलाई निरन्तरता दिएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

जितका लागि यूएईले दिएको एक सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४१।१ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन बनाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि आशिफ शेखले अविजित ८८ रन बनाए । एक सय १९ बलको सामना गर्नुभएका शेखले १२ चौकाको सहयोगमा अर्धशतकीय पारी खेलेका हुन् । आशिफ ‘प्लेयर अफ दि म्याच’ भए ।

ज्ञानेन्द्र मल्लले ६४ रन बनाए। मल्लले ७३ बलमा सात चौका र तीन छक्काको सहयोगमा अर्धशतकीय रन बनाए । कप्तान रोहित पौडेलले १० रन बनाए । ओपनर अर्जुन साउद नौ रनमा आउट भएका थिए । बलिङमा यूएईका हाजार्ट विलाल र आयान अफ्जल खानले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । यूएईका लागि आयान अफ्जल खानले अविजित सर्वाधिक ५४ रन बनाए । १७ वर्षीय अलराउन्डर आयान ‘प्लेयर अफ दि सिरिज’ बने । उनले ५० हजार रुपियाँ पुरस्कार पाएका थिए ।

यस्तै आलिसान सरफुले ३३, रोहन मुस्ताफाले २४, हाजार्ट विलालले अविजित २० र मुहमद वासिमले ११ रन बनाए । बलिङमा नेपालका गुल्सन झा, दीपेन्दसिंह ऐरी र कुशल भुर्तेलले दुई दुई विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए ।