आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

काठमाडौं ३ मा राप्रपाको घरदैलो अभियान बौद्धनाथबाट शुरु 

गोकर्णेश्वर खबर१८ कार्तिक २०७९, शुक्रबार १०:५६ मा प्रकाशित (१ साल अघि) ७५८ पाठक संख्या

१८ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नंं. ३ ले आज बौद्धनाथ परिसरबाट घरदैलो अभियान शुरु गरेको छ ।

काठमाडौं ३ बाट राप्रपाका प्रतिनिधि सभाका उम्मेदवार गणेश गिरी, प्रदेश (क) का उम्मेदवार चुण्डी लामा, प्रदेश (ख) का उम्मेदवार कमल सुनार सहित नेता कार्यकर्ताहरुको उपस्थितीमा बौद्धनाथ महाचैत्यको परिक्रमा गरी घरदैलो अभियान शुरु गरिएको थियो । आज राप्रपाले कामनपा वडा नंं. ६ बौद्धमा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, आजै जोरपाटी चामुण्डा मन्दिरमा राप्रपाका प्रदेश (ख) का उम्मेदवार कमल सुनारले मन्दिरमा पुजा गरी ३ वटा त्रिशुल मन्दिर परिसरमा स्थापना गरेर प्रचार प्रसार अभियानको शुभारम्भ गरेका थिए ।