आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

क्षेत्रको विकास र जनताको सेवाका लागि प्रदेश सभामा जान चाहेको हुँ : युवा नेता विमल ठकुरी

गोकर्णेश्वर खबर१४ कार्तिक २०७९, सोमबार १९:३१ मा प्रकाशित (१ साल अघि) १०१ पाठक संख्या

१४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नं. ३ बाट प्रदेश सभा (ख) का उम्मेदवार विमल ठकुरीले आफूसँधै जनताको सेवामा समर्पित भईरहेकोले जनताको सेवाका लागि प्रदेश सभामा जान चाहेको बताएका छन् ।

आज ओख्रेनी चिलौनेमा भएको नागरिकसँग उम्मेदवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ठकुरीले गोकर्णेश्वरको पछाडी परेको क्षेत्रको विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधि सभामा सन्तोष चालिसे र प्रदेश (ख) मा आफू लगायतका कांग्रेसको सबै उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।

कोरोना कहरको समयमा गाकर्णेश्वर नगरपालिका वडा नं. १ को माथिल्लो भेगमा गरेको राहत तथा खाद्यान्न सहयोगलाई स्मरण गर्दै उनले आम क्षेत्रवासीको सुख दुखमा आफूले सहयोग गर्दै आईरहेकोले राजनीतिक जीवनदानको लागि मतदान गर्न आग्रह गरे ।

आज गोकर्णेश्वर नगरपालिका वडा नं. १ अन्र्तगत सुन्दरीजल र मुलखर्कमा समेत नागरिकसँग उम्मेदवार भेटघाट कार्यक्रम भएको थियो । कार्यक्रममा प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं. ३ का सभापति तथा प्रतिनिधि सभाका उम्मेदवार सन्तोष चालिसे, क्षेत्रीय प्रचार संयोजक हरिबोल भण्डारी, गोनपा १ का इकाई सभापति राम मानन्धर लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।