आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

जोरपाटीको सुन पसलमा नगरपालिकाको अनुगमन 

गोकर्णेश्वर खबर१४ कार्तिक २०७९, सोमबार १९:०३ मा प्रकाशित (१ साल अघि) ४२२ पाठक संख्या

१४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले वडा नं. ५ जोरपाटी चोकका सुनचाँदी पसलहरुमा अनुगमन गरेको छ । आज अनुगमनका क्रममा पसलहरुमा, दर्ता, नविकरण, प्यान, नापतौल तथा बैंकको कारोबार इजाजत पत्र लगायतका महत्वपूर्ण कागजपत्रहरु भए नभएको हेरिएको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरुमा महत्वपूर्ण कागजपत्रहरु नभएको र नविकरण नभएको पाईएको थियो ।

आज अनुगमनमा टोलिमा प्रमुख प्रशाशकीय अधिकारी बैकुण्ठ प्रसाद साप्कोटा, नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, लेखा प्रमुख रामजी रायमाझी, जिन्सी शाखा प्रमुख भुपेन्द्र बोहरा, आर्थिक प्रशाशन विभागका तुलसी आचार्य, राजस्व शाखा प्रमुख महेश्वर घिमिरे, बबिता भण्डारी तथा नगरप्रहरीको टोली रहेका थिए ।

टोलिले जोरपाटी चोक आसपासका १ दर्जन पसलहरुमा अनुगमन गरि कागजपत्र नभएकाहरुलाई कागजपत्र तत्काल व्यवस्थापन गरि एक हप्ताभित्र नगरपालिकामा पेश गर्न निर्देशन दिएको थियो ।