आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर २ का पूर्व ईकाई सभापति प्रेम श्रेष्ठ कांग्रेसमा फर्किए 

गोकर्णेश्वर खबर१३ कार्तिक २०७९, आईतवार २२:१७ मा प्रकाशित (१ साल अघि) ७०१ पाठक संख्या

१३ कार्तिक, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नंं २ का पूर्व ईकाई सभापति प्रेम श्रेष्ठ कांग्रेस पार्टीमै फर्किएका छन् । स्थानीय चुनावमा टिकट वितरण प्रति असन्तुष्ठि व्यक्त गर्दै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठलाई क्षेत्रीय सभापति सन्तोष चालिसेले आज कारवाही नहुने पत्र दिंदै पार्टीमा फर्काएका हुन् ।

आज नेपाली कांग्रेस गोनपा २ इकाईले आयोजना गरेको नागरिकसँग उम्मेदवार विषयक अन्र्तक्रिया कार्यक्रममा सभापति चालिसेले श्रेष्ठलाई कारवाही नहुने पत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति चालिसेले टिकट वितरण सम्वन्धमा असन्तुष्टि जनाएका श्रेष्ठ लगायतलाई पार्टीमा फर्किएर संघ र प्रदेशको चुनाव सक्रिय भएर अगाडी बढ्न अनुरोध गर्दै आगामी दिनमा असन्तुष्टि नहुने गरी सबैलाई मिलाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, युवा नेता श्रेष्ठले विगतको गल्ति स्विकार गरिएको व्यहोरा सहित कारवाही नहुने पत्र पाएकोले आगामी मंसिर ४ को चुनावमा नेपाली कांग्रेसलाई जिताउन सक्रियताका साथ लागि पर्ने बताए । उनले असन्तुष्टहरुलाई पनि मिलाएर अगाडी बढ्दा नेपाली कांग्रेस अझै बलियो बन्ने समेत दावी गरे ।

क्षेत्रीय सभापति सन्तोष चालिसेको हस्ताक्षर रहेको पत्रमा भनिएको छ – ‘उपरोक्त सम्बन्धमा स्थानीय निर्वाचन २०७९ मा क्षेत्रीय कार्यसमितिले ईकाइ कार्यसमितिलाई नसमेटी टिकट वितरण गरेकोमा असन्तुष्टि व्यक्त गर्दै तपाइले स्थानीय निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारी समेत दिएको विषयमा क्षेत्रीय कार्यसमितिले टिकट वितरण कार्यमा कमि कमजोरी भएको व्यहोरा स्वीकार गरी आगामि दिनहरूमा यस्ता कमि कमजोरी नगन प्रतिवद्धता सहितको प्रेस विज्ञप्ति मिति २०७९/०१/१६ मा प्रकाशित गरिसकेको व्यहोरा स्मरण गराउन चाहन्छु र स्थानीय निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारी दिने साथिहरुलाई पनि कारवाही नहुने व्यहोरा जानकारी गराउदछु ।

नेपाली कांग्रेस आसन्न संघिय एवं प्रदेश सभा निर्वाचनमा भाग लिएको व्यहोरा यसमा अवगत छ । यस निर्वाचनमा राष्ट्रता लोकतन्त्र र समाजवादको संस्थागत विकासको लागि नासलाई विजयी गराउन अपरिहार्य छ । आसन्न निर्वाचनमा विजयी गराउनकोलागि यहाको सक्रिय एवं महत्वपूर्ण योगदान रहने विश्वास लिएका छु ।’