आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

आज गस्तास्त खण्डग्रास सूर्यग्रहण, दिउँसो ४ः५२ बजे स्पर्श

गोकर्णेश्वर खबर८ कार्तिक २०७९, मंगलवार ०७:१३ मा प्रकाशित (१ साल अघि) १३२ पाठक संख्या

८ कात्तिक, काठमाडौं । काठमाडौं, कात्तिक ८ गते । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने छ । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने छ । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ ।

शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । शास्त्रीय मान्यता अनुसार ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ ।