आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

५.९ म्याग्ग्निच्यूडको भूकम्पको केन्द्र सिन्धुपाल्चोक नजिक नेपाल-चीन सीमा

गोकर्णेश्वर खबर२ कार्तिक २०७९, बुधबार १५:३६ मा प्रकाशित (१ साल अघि) २९४ पाठक संख्या

२ कार्तिक, काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्ग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक नजिकै नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको झड्का सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका र आसपासका जिल्लामा महसुष भएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।