आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

प्रगती महिला समुहले ६ गते सांस्कृतिक कार्यक्रम गर्ने, मेलिना राई लगायतका कलाकार आउने

गोकर्णेश्वर खबर२ कार्तिक २०७९, बुधबार १२:४५ मा प्रकाशित (१ साल अघि) ५८५ पाठक संख्या

२ कार्तिक, काठमाडौं । प्रगती महिला समूहले सांस्कृतिक कार्यक्रम तथा शुभ दिपावली, छठ, नेपाल संवत तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान र देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।

सो अवसरमा समुहले सांस्कृतिक कार्यक्रम समेत गर्ने भएको छ । सांस्कृतिक कार्यक्रममा विशिष्ट कलाकारहरु मेलिना राई, सूर्यमणी आचार्य, आशा लामा लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ ।

कार्यक्रम कार्तिक ६ गते आईतबार दिउसो ३ बजेबाट अल्फा मार्ट माकलबारीमा हुनेछ । कार्यक्रमका लागि माकलबारी टोल सुधार समितिको समेत सहयोग रहने आयोजकले जनाएका छन् ।