आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

मुलखर्क दशैंतिहार कप फुटबल भोली ३ गतेबाट शुरु हुने 

गोकर्णेश्वर खबर२ कार्तिक २०७९, बुधबार १२:३१ मा प्रकाशित (१ साल अघि) ४२९ पाठक संख्या

२ कार्तिक, काठमाडौं । मुलखर्क युवा क्लबको आयोजनामा मुलखर्क दशैंतिहार कप फुटबल भोली ३ गतेबाट शुरु हुने भएको छ । प्रतियोगिता मुलखर्क बाघमारामा हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार नगद पुरस्कार पाउने छन् भनें दोश्रो हुनेले २० हजार पाउने छन् । प्रतियोगितामा गोकर्णेश्वर नगरका टिमले भाग लिन पाउनेछन् ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल ६ गते हुनेछ । सु्न्दरीजलको सुन्दर ठाऊ मुलखर्कमा नगर पालिकाको आर्थिक सहयोग र क्लबको संयोजनमा निर्माण भएको फुटबल चौरको समेत भोली उद्घाटन हुने कार्यक्रम रहेको छ ।