आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

हरिबोल भण्डारी नेपाली कांग्रेस काठमाडौं ३ निर्वाचन परिचालन समिति संयोजक 

गोकर्णेश्वर खबर१ कार्तिक २०७९, मंगलवार १६:४६ मा प्रकाशित (१ साल अघि) २७० पाठक संख्या

१ कार्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं ३ को निर्वाचन परिचालन समितिको संयोजक महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारी भएका छन् । सोमबार बसेको क्षेत्रीय समिति बैठकले पार्टीका युवा नेता एवं महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीलाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको हो ।

यसैगरी, बैठकले निर्वाचन परिचालन समिति अन्र्तगत प्रदेश (क) को संयोजकमा श्रीराम चालिसे र निर्वाचन क्षेत्र प्रदेश (ख) को संयोजकमा विष्णुदेवी पुडासैनीलाई चयन गरेको छ ।

प्रतिनिधि सभाको उम्मेदवारका आकांक्षी समेत रहेका हरिबोल भण्डारीले काठमाडौं क्षेत्र नं. ३ मा नेपाली कांग्रेसलाई जिताउने अभिभारा पाएका छन् । निर्वाचन परिचालन समितिको संयोजकमा चयन भए पछि गोकर्णेश्वर खबरलाई प्रतिक्रिया दिंदै भण्डारीले क्षेत्र नं. ३ मा नेपाली कांग्रेस बलियो रहेकोले फराकिलो मतान्तर सहित जिताउने उदेश्यका साथ काम गर्ने बताए ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार क्षेत्रीय सभापति सन्तोष चालिसे रहेका छन् भनें प्रदेश सभा (क) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा (ख) मा विमल ठकुरी उम्मेदवार रहेका छन् ।

यसैगरी, निर्वाचन परिचालन समितिको सचीवको जिम्मेवारी क्षेत्रीय सह–सचीव द्वय अमृत खड्का र सुदिप पण्डितले पाएका छन् ।