आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

प्रधानमन्त्री देउवाले भनें- वि.सं. २१०० सम्ममा गरिवी शून्यमा झार्ने सरकारको लक्ष्य 

गोकर्णेश्वर खबर३१ आश्विन २०७९, सोमबार १०:५४ मा प्रकाशित (१ साल अघि) ९९ पाठक संख्या

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वि.सं. २१०० सम्ममा गरिवी शून्यमा झार्ने लक्ष्य लिई गरिबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताएका छन् । देउवाले गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्य योजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम अगाडि बढाइरहेको बताए ।

३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २०२२ को अवसरमा आज शुभकामना मन्तव्य दिनुहुँदै प्रधानमन्त्री देउवाले सरकारले वि.सं. २०८७ सम्ममा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ५ प्रतिशतभन्दा तल र वि.सं. २१०० सम्ममा शून्यमा झार्ने लक्ष्य लिई गरिबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताएका हुन् ।