आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

नयाँपाटी साकोसको २५ औ वार्षिक साधारण सभा सम्पन्न

गोकर्णेश्वर खबर३० आश्विन २०७९, आईतवार ०७:३९ मा प्रकाशित (१ साल अघि) ३८३ पाठक संख्या

३० असोज, काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.को २५ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी स्थापनाको २५ वर्ष रजत महोत्सव वर्ष समेत भएकोले सो अवसरमा खुल्ला रक्तदान कार्यक्रम, स्वास्थ्य परिक्षण तथा दन्त परिक्षण कार्यक्रम भएको थियो भनें सहकारीको वित्तिय सहजिकरणबाट सञ्चालित विभिन्न महिला समुह तथा कम्पनी, व्यवसायहरुको उत्पादनको स्टल समेत राखिएको थियो ।

साधारण सभाको उद्घाटन सत्र सहकारीका अध्यक्ष गौतम खनालको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विशिष्ठ आतिथ्यता गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा लगायतका व्यक्तित्वहरुको रहेको थियो । कार्यक्रम सहकारीका पूर्व अध्यक्षहरु, सल्लाहकार, पदाधिकारी, विभिन्न समितिका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अधिकतम् शेयर खरिदकर्ता पुरुष रत्न श्रेष्ठ, अधिकतम् शेयर खरिदकर्ता महिला राजनदेवि श्रेष्ठ, नियमित शेयर बचतमा मुकुन्द अधिकारी, नियमित शेयर बचत महिलामा धनमाया श्रेष्ठ, उत्कृष्ठ बाल बचतकर्ता श्लोक श्रेष्ठ र विनिता तामाङ, उत्कृष्ठ ऋणी वीर सिंह चौधरी र लिलादेवी मानन्धर पुरस्कृत भएका थिए ।

यसैगरी, कार्यक्रममा सहकारी अन्र्तगतका उत्कृष्ठ केन्द्रहरु बेहीगाउँ महिला स्वाबलम्बन केन्द्र, नमोबुद्ध महिला स्वाबलम्बन केन्द्र र नयाँ सुष्टि महिला स्वाबलम्बन केन्द्र तथा उत्कृष्ठ केन्द्र प्रमुख विष्णु थापा, उत्कृष्ठ ऋणी लघुवित्त पञ्चमाया तामाङ, अधिकतम् सानो नानीबाबु बचतका लागि आदित्य पण्डित पुरस्कृत भएका थिए ।

कार्यक्रममा ज्येष्ठ महिला र पुरुषलाई सम्मान गरिएको थियो । साधारण सभा गोकर्णेश्वर ९ भगवतीस्थानमा रहेको सुनगाभा पार्टी प्यालेसमा भएको थियो । कार्यक्रम सञ्चालन सचिव चिरञ्जिवी सिंखडाले गरेका थिए ।