आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

थापाथली क्षेत्रमा अनाधिकृत संरचनामाथि चल्यो महानगरको डोजर 

गोकर्णेश्वर खबर२८ आश्विन २०७९, शुक्रबार १४:५० मा प्रकाशित (१ साल अघि) १४४ पाठक संख्या

२८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको थापाथली क्षेत्रमा अनाधिकृत रुपमा निर्माण गरिएका संरचनामाथि डोजर चलाएको छ । महानगरपालिकाले शुक्रबार थापाथलीदेखि युएन पार्क नजिकको पुलसम्मका अनाधिकृत संरचना भत्काएको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) का अवैध संरचना भत्काएको हो ।

महानगरले थापाथलीमा रहेको रूद्रेश्वर महादेव भजन मण्डलको भवनमा डोजर लगाएको छ । अनधिकृत रुपमा बनाइएका संरचना हटाइरहेको महानगरको प्रहरीसहितको टोलीले आज २०५५ सालमा स्थापना गरिएको भजन मण्डलको भवन हटाएको हो ।

महानगरले हाल अनधिकृत संरचना र सडक व्यापार हटाउन तथा टुकुचामाथिका संरचना हटाउने अभियान चलाएको छ ।