आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले ‘क्याप’ र निरञ्जन पुडासैनीले ‘पुतली’ चिन्ह पाए

गोकर्णेश्वर खबर२६ आश्विन २०७९, बुधबार २०:३९ मा प्रकाशित (१ साल अघि) ३३७ पाठक संख्या

२६ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ मा आसन्न मंसिर ४ गतेको चुनावका लागि स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन चिन्ह पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज प्रतिनिधि सभा र प्रदेश सभाका स्वतन्त्र उम्मेदवारहरुलाई अन्तिम नामावली प्रकाशन भए पछि निर्वाचन चिन्ह प्रदान गरेको हो ।

क्षेत्र नं. ३ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार निरञ्जन पुडासैनीले ‘पुतली’ चिन्ह र कांग्रेस पार्टीमा विद्रोह गरी प्रदेश (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र लामाले ‘क्याप’ चिन्ह पाएका छन् ।

आज प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार निरञ्जन पुडासैनीले ‘पुतली’, जगन्नाथ देवकोटाले ‘खरायो’, श्रीकृष्ण ज्योतीले ‘माछा’, राजेश विष्टले ‘भंगेरा’, दिनेश खनालले ‘क्रस खुकरी’, विन्दु मगरले ‘सेलरोटीको चाङ’, कविता विष्ट सुनारले ‘नरिवल’, केदारनाथ मिश्रले ‘क्यामरा’ चुनाव चिन्ह पाएका छन् ।

यसैगरी प्रदेश (क) का स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले ‘क्याप’, उत्तम प्रसाद फुयालले ‘लालटिन’ र हरेराम डोटेलले ‘ठेकी’ चिन्ह पाएका छन् भनें प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाद पुडासैनीले ‘सहनाई’, कुमार श्रेष्ठले ‘पानीको धारा’, देवराज थापाले ‘फुटबल खेलाडी’, पुष्प कुमार भण्डारीले ‘काग’ र सीता पौडेलले ‘ट्रफी’ चिन्ह पाएका छन् ।