आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

नयाँपाटी सहकारीको २५ औ साधारण सभा २९ गते शनिबार हुने, विविध स्वास्थ्य परिक्षण गर्दै

गोकर्णेश्वर खबर२६ आश्विन २०७९, बुधबार १९:४० मा प्रकाशित (१ साल अघि) ४१२ पाठक संख्या

२६ असोज, काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.को २५ औ वार्षिक साधारण सभा असोज २९ गते शनिबार हुने भएको छ । सहकारीले रजत महोत्सव वर्षको अवसरमा खुल्ला रक्तदान कार्यक्रम, स्वास्थ्य परिक्षण तथा दन्त परिक्षण कार्यक्रम समेत गर्ने भएको छ ।

साधारण सभा गोकर्णेश्वर ९ भगवतीस्थानमा रहेको सुनगाभा पार्टी प्यालेसमा बिहान १० बजेबाट हुनेछ । साधारण सभाको अवसरमा हुने खुल्ला रक्तदान कार्यक्रम, स्वास्थ्य परिक्षण तथा दन्त परिक्षण कार्यक्रम २९ गते शनिबार सुनगाभा पार्टी प्यालेसमा नै हुनेछ ।