आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

काठमाडौं क्षेत्र नं. ३ मा प्रतिनिधि सभा प्रतक्ष्यतर्फ २४ जना उम्मेदवार

गोकर्णेश्वर खबर२५ आश्विन २०७९, मंगलवार २०:२२ मा प्रकाशित (१ साल अघि) ५२८ पाठक संख्या

२५ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ मा आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि प्रतक्ष्य तर्फबाट २४ जनाको उम्मेदवारी परेको छ । आईतबार मनोनयन गर्ने दलका र स्वतन्त्र उम्मेदवारको आज क्षेत्रीय निर्वाचन कार्यालयले कानुन बमोजिम कायम रहेका उम्मेदवारहरुको नाम टाँस गरेको छ ।

काठमाडौं क्षेत्र नं. ३ को प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट कृष्ण बहादुर राई, नेपाली कांग्रेसबाट सन्तोष चालिसे, नेकपा माओवादी केन्द्रबाट बद्री प्रसाद बजगाई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश गिरीले उम्मेदवारी दिएका छन् ।

यसैगरी, अन्य राजनीतिक दल र स्वतन्त्र तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनेहरुमा निरज्जन पुडासैनी, कविता विष्ट सुनार, कृष्ण काजी श्रेष्ठ, केदारनाथ मिश्र, गोविन्द नेपाल, जगन्नाथ देवकोटा, ठाकुर बहादुर कार्की, दिनेश खनाल, दुर्गा विक्रम थापा क्षेत्री, द्वारिका अधिकारी, नुर्पु गेञ्जेन शुर्पा, नेत्र बहादुर तामाङ, मोहन कुमार विश्वकर्मा, मोहन बहादुर बस्नेत, रक्ष कुमार राई, राजेश विष्ट, विन्दु मगर, विशोक डंगोल, श्रीकृष्ण ज्योती, समिना न्यौपाने रहेका छन् ।

यसैगरी, क्षेत्र नं. ३ को प्रदेश (क) तर्फ १० जना र प्रदेश (ख) तर्फ १३ जनाको उम्मेदवारी परेको छ । प्रदेश (क) मा कांग्रेसका छिरिङ दोर्जे लामा, एमालेका चन्द्रमान लामा, माओवादीका कपिल मुनी उप्रेती, राप्रपाका चुण्डी लामा तथा स्वतन्त्रबाट दिपेन्द्र लामा लगायत अन्य उम्मेदवार रहेका छन् ।

प्रदेश (ख) मा कांग्रेसका विमल ठकुरी, एमालेका रामेश्वर फूयाल, माओवादीका महेश्वर फुयाल र राप्रपाका कमल सुनार रहेका छन् ।

हेर्नुहोस् काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सूची 

प्रतिनिधि सभा :-

 

प्रदेश सभा (क) :-

प्रदेश सभा (ख) :-