आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

छिरिङ दोर्जे लामाले पाए काठमाडौं ३ प्रदेश (क) को टिकट

गोकर्णेश्वर खबर२३ आश्विन २०७९, आईतवार १२:०७ मा प्रकाशित (१ साल अघि) ४१२ पाठक संख्या

२३ असोज, काठमाडौं । वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले काठमाडौं क्षेत्र नं. ३ प्रदेश (क) को टिकट पाएका छन् ।

काठमाडौं क्षेत्र नं. ३ मा कांग्रेसका प्रभावशाली युवा नेता लामा अघिल्लो चुनावमा समेत यसै क्षेत्रबाट प्रदेश सदस्यमा विजयी भएका थिए ।

लामा नेपाली कांग्रेस वागमति प्रदेश कार्यसमिति सदस्य समेत हुन् ।

यस अघि काठमाडौं क्षेत्र नं. ३ मा कांग्रेसका क्षेत्रीय सभापति तथा गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत रहेका सन्तोष चालिसेले प्रतिनिधि सभाको टिकट पाईसकेका छन् भनें प्रदेश (ख) गठबन्धनबाट माओवादीले पाएको छ ।