आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

कांग्रेसले दियो काठमाडौं ३ को टिकट सन्तोष चालिसेलाई 

गोकर्णेश्वर खबर२३ आश्विन २०७९, आईतवार ११:२२ मा प्रकाशित (१ साल अघि) ८४६ पाठक संख्या

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं. ३ मा सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ । काठमाडौं क्षेत्र नं. ३ का कांग्रेसका क्षेत्रीय सभापति तथा गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत रहेका चालिसेलाई कांग्रेसले प्रतिनिधि सभाको उम्मेदवारको टिकट दिएको हो ।

मनोनयनको दिन आज उम्मेदवारको टिकट सन्तोष चालिसेले हात पार्न सफल भएका छन् । काठमाडौं क्षेत्र नं. ३ बाट युवा नेता हरीबोल भण्डारीले समेत उम्मेदवारको टिकटका लागि बलियो लबिङ गरिरहेका थिए ।

चालिसे क्षेत्रमा राम्रो पकड भएका कांग्रेस नेता समेत हुन् । चालिसे गोकर्णेश्वरका पूर्व मेयरका रुपमा समेत चर्चित छन् ।

सबैलाई मिलाएर लैजान सक्ने खुबि भएका चालिसेले टिकट पाए कांग्रेसले चुनाव सजिलै जित्ने आकलन क्षेत्र नं. ३ मा हुँदै आएको छ ।

प्रदेश (क) को टिकट छिरिङ दोर्जे लामालाई 

यसैगरी, काठमाडौं  क्षेत्र नं ३ प्रदेश (क) मा भने छिरिङ दोर्जे लामाले टिकट पाएका छन्। प्रदेश (ख) गठबन्धनबाट माओवादीले पाएको छ ।