आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

सन्तोष चालिसे काठमाडौं क्षेत्र नं. ३ बाट उम्मेदवार हुने संभावना

गोकर्णेश्वर खबर२२ आश्विन २०७९, शनिबार २२:२९ मा प्रकाशित (१ साल अघि) ३२८ पाठक संख्या

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं. ३ मा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने संभावना रहेको छ*  । काठमाडौं क्षेत्र नं. ३ का कांग्रेसका क्षेत्रीय सभापति तथा गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत रहेका चालिसेलाई कांग्रेसले उम्मेदवार बनाउने संभावना रहेको हो ।

चलिसे क्षेत्रमा राम्रो पकड भएका नेता समेत हुन् । चालिसे गोकर्णेश्वरका पूर्व मेयरका रुपमा समेत चर्चित छन् ।  जसअनुसार सन्तोष चालिसे काठमाडौं ३ बाट उम्मेदवार बन्ने भएका हुन् ।

कांग्रेसले काठमाडौंका निर्वाचन क्षेत्रमा यसपटक पनि केही पुरानो उम्मेदवारलाई दोहो¥याएको छ । आज कांग्रेस संसदीय बोर्डको जारी बैठकले काठमाडौैंको उम्मेदवार टुंगो लगाएको हो ।

युवा नेता भण्डारी क्षेत्र नं. ३ बाट उम्मेदवारका बलिया दावेदार 

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं. ३ मा प्रतिनिधि सभा उम्मेदवारमा युवा नेता हरिबोल भण्डारी पनि बलियो दावेदारका रुपमा देखिएका छन् । भण्डारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार समेत हुन् । क्षेत्रका जानकारहरुका अनुसार भण्डारीले ३ नं.को उम्मेदवारको रुपमा टिकट ल्याए पनि आश्चर्य नमाने हुन्छ । उनको पार्टीमा आफ्नै किसिमको पहुँच रहेको जानकारहरु बताउँछन् ।

कांग्रेसले काठमाडौंको निर्वाचन क्षेत्र १, ४, ५, ६ र १० मा निम्न अनुसार उम्मेदवार बनाउने संभावना रहेको छ ।

काठमाडौं–१ प्रकाशमान सिंह

काठमाडौं–४ गगन थापा

काठमाडौं–५ प्रदीप पौडेल

काठमाडौं–६ भीमसेनदास प्रधान

काठमाडौं–१० राजेन्द्र केसी

(*सम्पादन गरिएको/सम्पादक)