आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

काठमाडौं ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा

गोकर्णेश्वर खबर२२ आश्विन २०७९, शनिबार २१:२८ मा प्रकाशित (१ साल अघि) ५११ पाठक संख्या

२२ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिने भएका छन् ।

विगत ४ दशक भन्दा लामो समय देखि शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका देवकोटाले मंसिर ४ गतेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । देवकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताए ।

देवकोटाले आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको पत्रकार सम्मेलनमा बताए ।

काठमाडौं क्षेत्र नं. ३ लाई आफूले राम्ररी बुझेको भन्दै उनले यस क्षेत्रका विविध समस्यालाई समाधान गर्नुका साथै देश र क्षेत्रको विकासका लागि आफूले निस्वार्थ भावनाले काम गर्ने बताए । उनले आफूले जितेमा शिक्षा क्षेत्रमा अझै महत्त्वपूर्ण काम गर्ने समेत दावि गरे ।

‘अहिलेसम्म जितेका नेताहरूले सत्ता र पैसाको लोभमा परी देश र जनताका लागि केही पनि काम गरेनन्,’ उनले भने, ‘ तर म कुनै लोभ लालचले यहाँ आएको होइन, देशको मुहार पुराना नेताले नफेरिने देखेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।