आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

काठमाडौं क्षेत्र नं. ३ मा गठबन्धन हुने, प्रदेश सभा (ख) एक सिट माओवादीले पाउने

गोकर्णेश्वर खबर२१ आश्विन २०७९, शुक्रबार २३:१५ मा प्रकाशित (१ साल अघि) ४४६ पाठक संख्या

२१ असोज, काठमाडौं । नेपाली कांग्रेस लगायतका सत्ता गठबन्धनका दलहरुबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ । प्राप्त जानकारी अनुसार काठमाडौं क्षेत्र नं. ३ मा संघीय तर्फ कांग्रेस र प्रदेश तर्फ १ सिट कांग्रेसले र प्रदेश तर्फको अर्को १ सिट माओवादी केन्द्रले पाउने भएको छ ।

गठबन्धनमा सिट बाँडफाँडका क्रममा क्षेत्र नं. ३ को प्रदेश (क) कांग्रेसले पाउने र प्रदेश (ख) नेकपा माओवादी केन्द्रले पाउने गरी सहमति भएको छ ।

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं. ३ का सबै सिटमा दावी गरिरहेको समयमा प्रदेश तर्फ एक सिट माओवादीलाई दिने सहमति प्रति आफ्नो असन्तुष्टि रहेको कांग्रेसका एक नेताले गोकर्णेश्वर खबरलाई बताए । उनले यस सम्वन्धमा पार्टिका केन्द्रीय नेताहरुसँग कुरा गर्ने पनि बताए ।

काठमाडौं क्षेत्र नं. ३ मा कांग्रेस र माओवादीका लागि प्रतिनिधिसभा र प्रदेशसभा सिट यसरी छुट्टयाइएको छ ।

१) प्रतिनिधि सभा – नेपाली कांग्रेस ।
२) प्रदेश सभा (क) – नेपाली कांग्रेस ।
प्रदेश सभा (ख) – नेकपा (माओवादी) केन्द्र ।