आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

ग्राम निर्माण सी डिभिजन क्वालिफायर नकआउट चरणमा प्रवेश 

गोकर्णेश्वर खबर१० आश्विन २०७९, सोमबार १०:१८ मा प्रकाशित (१ साल अघि) ३१६ पाठक संख्या

१० असोज, काठमाडौं । ग्राम निर्माण बन्धु मण्डल क्लब सी डिभिजन क्वालिफायर नकआउट चरणमा प्रवेश गरेको छ । आईतबार एन्फाको ग्राउण्ड सातदोबाटोमा भएको खेलमा ग्राम निर्माणले चौतारा युवा क्लबलाई ३–१ गोलले जिते पछि नकआउट चरणमा प्रवेश गरेको हो ।

आईतबार भएको खेलमा ग्राम निर्माणका तर्फबाट सुरज मगरले १, कुन्सान श्रेष्ठले १ र राजु तामाङले १ गोल गरेका थिए ।

चौतारा विरुद्ध २ गोलको अन्तर सहित जित हासिल गरेको ग्राम निर्माण गोकर्णेश्वर नगरपालिकाबाट सी डिभिजन क्वालीफायरमा प्रवेश गर्ने पहिलो टिम भएको क्लबका कोषाध्यक्ष सुजित सिंह ठकुरीले जानकारी दिए ।