आज: ३० बैशाख २०८१, आईतवार | Sun, 12, May, 2024

ग्याँस विक्रेता महासंघको केन्द्रीय कार्यसमिति निर्वाचित : अध्यक्षमा थापा र सचिवमा दाहाल

गोकर्णेश्वर खबर८ आश्विन २०७९, शनिबार २२:१८ मा प्रकाशित (१ साल अघि) २९८ पाठक संख्या

८ असोज, काठमाडौं । ग्याँस विक्रेता महासंघ नेपालको अध्यक्षमा चन्द्र बहादुर थापा निर्वाचित भएका छन् । आज भएको ५ औं महाधिवेशन तथा ९ औं साधारण सभाबाट २९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्म्मत निर्वाचित भएको नवनिर्वाचित सचिव राजेश दाहालले बताए ।

महासंघको नव निर्वाचित कमिटिमा वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलाल, प्रथम उपाध्यक्ष नारायण प्रसाद पौडेल, उपाध्यक्षमा राम प्रसाद ज्ञवाली, देविलाल गैरे र गेहेन्द्र प्रसाद रिजाल, महिला उपाध्यक्ष विमला श्रेष्ठ, महासचिव  लाल बहादुर के.सी., सचिव राजेश दाहाल, कोषाध्यक्ष रविन कार्की, सह–कोषाध्यक्ष राधिका महर्जन र सदस्यहरूमा कृष्णराज खतिवडा, रामशरण पुडासैनी, मधुसुदन ढकाल, महेन्द्र सेठिया, दीनबन्धु साह, गोविन्दराज साह, रूपक बस्ताकोटी, रमेश भट्टराई, रामकुमार खड्का, प्रकाश तिवारी, रामचन्द्र ठकुरी, पवनराज भण्डारी, नारायणदत्त दाहाल, श्रीहरी ढकाल, रामचन्द्र कँडेल, कमल अधिकारी लगायत सर्वसम्मत निर्वाचित भएका छन् ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले काठमाडौं ठूलो भ¥याङ स्थित क्वालिटी ब्यांकेटमा महासंघको महाधिवेशनको उद्घाटन गरेका थिए । निर्वाचित कमिटिलाई आजै प्रमाणपत्र हस्तान्तरण गरिएको छ । विश्वेश्वर प्रसाद गौतम निर्वाचन कमिटि अध्यक्ष रहेका थिए ।