आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

ग्राम निर्माण बन्धु मण्डल क्लब ५ गोलले विजयी 

गोकर्णेश्वर खबर६ आश्विन २०७९, बिहीबार २३:०० मा प्रकाशित (१ साल अघि) १३० पाठक संख्या

६ असोज, काठमाडौं । ग्राम निर्माण बन्धु मण्डल क्लब आज भएको खेलमा ५ गोलले विजयी भएको छ । बिहिबार एन्फा एकेडेमी सातदोबाटोमा रहेको मैदानमा भएको सि डिभिजन क्वालीफायर खेलमा बन्धु मण्डलले फसिटिका युवा क्लब रुपन्देहीलाई शुन्यका विरुद्ध ५ गोलले जितेको हो ।

आज भएको खेलमा राजु तामाङले ह्याट्रिक गरेका छन् । यसैगरी सुवास लुङबा र सागर कुँवरले एक–एक गोल गरे ।

ग्राम निर्माण बन्धु मण्डल क्लबले ९ गते चौतारा युवा क्लबसँग प्रतिश्पर्धा गर्दैछ । यस अघि ग्राम निर्माण बन्धु मण्डल क्लब काठमाडौं जिल्ला स्तरीय प्रतियोगितामा दोश्रो स्थानसम्म पुगिसकेको छ ।