आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

सन्तोष चालिसेबाट महांकालमा पानीपोखरी फाउन्टेन पार्क समुद्घाटन 

गोकर्णेश्वर खबर६ आश्विन २०७९, बिहीबार २२:०१ मा प्रकाशित (१ साल अघि) १९० पाठक संख्या

६ असोज, काठमाडौं । बौद्ध महांकालमा आज पानीपोखरी फाउन्टेन पार्कको समुद्घाटन भएको छ । बिहिबार गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेले पार्कको उद्घाटन गरेका हुन् ।

पूर्व मेयर सन्तोष चालिसेको अग्रसरतामा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा निर्माण गरिएको पार्कले स्थानीय क्षेत्रको सौन्दर्यिकरणका लागि सहयोग पुग्ने चालिसेले विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो ।

यसैगरी, वागमति प्रदेश सभा सदस्य छिरि ङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भूवन लामा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ (क) का सभापति श्रीराम चालिसे, समाजसेवी चन्द्र दीप लामा (काजु) तथा वडा सदस्य लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । पानीपोखरी युवा क्लबको ३५औं वार्षिक उत्सवको अवसर पारेर पार्कको समुद्घाटन भएको हो ।