आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्णेश्वर ७ मा असोज ९ गते शुभकामना तथा स्वास्थ्य शिविर हुने 

गोकर्णेश्वर खबर४ आश्विन २०७९, मंगलवार १७:१९ मा प्रकाशित (१ साल अघि) २२६ पाठक संख्या

४ असोज, काठमाडौं । नेपाल वृद्ध तथा अपाङ्ग महिला सेवा केन्द्र जोरपाटीको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं. ७ मा दशैंको शुभकामना तथा स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

असोज ९ गते आईतबार वडा नं. ७ मा स्थाई बसोबास गर्ने जेष्ठ नागरीक/अपाङ्ग/एकल महिला तथा अशक्त व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

शिविर ७ नं. वडा कार्यालय, शिवचोकमा बिहान ८ बजे देखि दिउसो ३ बजेसम्म हुनेछ । यसैगरी, शिविरमा आउँदा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कार्ड लिई आउनु हुन समेत सूचनामा जानकारी गराईएको छ ।