आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर ३ मा प्रसिद्ध भारतीय सेनेटरीवेयर केरोभिट (Kerovit) बारे प्रशिक्षण 

गोकर्णेश्वर खबर३ आश्विन २०७९, सोमबार २२:५५ मा प्रकाशित (१ साल अघि) २४८ पाठक संख्या

३ असोज, काठमाडौं । गोकर्णेश्वर ३ बालुवामा प्रसिद्ध भारतीय सेनेटरीवेयर कम्पनी केरोभिट (Kerovit) को उत्पादनहरु बिक्रि गर्दै आएको पी.डी.यस. इन्टरप्राईजेजले कम्पनिका उत्पादनहरुको बारेमा प्लम्बरहरुलाई प्रशिक्षण दिएको छ ।

सोमबार करिब २ दर्जन प्लम्बरहरुले केरोभिट कम्पनिका बाथरुम, सेनेटरी र यसका स्पेयर पार्टस्को फिटिङबारे प्रशिक्षण लिएका छन् ।
केरोभिट बाई कजरिया भनेर समेत चिनिने सरसफाईसँग सम्वन्धित धारा, बाथरुम, टायलसँग सम्वन्धित गुणस्तरीय उत्पादनहरुको जडान, गुणस्तर, दीगोपन, स्पेयर पार्टस् जस्ता विविध विषयमा प्रशिक्षण दिईएको थियो ।

प्रशिक्षण सेल्स म्यानेजर सुवास साह र टेक्निसियन हेड टेक नारायण यादवले दिएका हुन् भनें स्किल डेभलपमेण्ट प्रोग्रामको संयोजन पीडीयस इन्टरप्राईजेजका प्रो.कृष्ण श्रेष्ठले गरेका हुन् ।

केरोभिट कम्पनीका उत्पादनहरु आकर्षक, गुणस्तरीय र टिकाउ भएकोले गोकर्णेश्वर ३ बालुवामा बिक्रि वितरण गर्दै आएको पीडीयस इन्टरप्राईजेज बालुवाका प्रोपाईटर कृष्ण श्रेष्ठले बताए ।

केरोभिट कम्पनीले उत्पादनहरु बजारमा लैजान थालेको भारतमा १० बर्ष भई सकेको छ भने नेपाली बजारमा आउन थालेको ३ बर्ष भएको छ ।