आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

प्रगती महिला समुहले ८ गते मोटिभेसनल स्पिच सहितको कार्यक्रम गर्ने 

गोकर्णेश्वर खबर३ आश्विन २०७९, सोमबार ००:०२ मा प्रकाशित (१ साल अघि) ३४९ पाठक संख्या

२ असोज, काठमाडौं । प्रगती महिला समुहले गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा कार्यक्रम गर्ने भएको छ । समुहले महिला हिंसा र महिला शसक्तिकरण विषयक र २०७९ सालको विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने अध्यक्ष प्रिती गरुङ ले बताईन् ।

सो अवसरमा महिला हिंसा र महिला शसक्तिकरण विषयक अन्तक्रिया तथा संस्थाको छैठौं साधारण सभाको अवसरमा सम्मान कार्यक्रम पनि हुने भएको छ । महिला हिंसा र महिला शसक्तिकरण विषयक कार्यक्रमलाई उषा खड्गी मिस नेपाल र शक्ती समुहकी अध्यक्ष चरीमाया तामाङले मोटिभेसनल स्पिच दिनेछन् ।

कार्यक्रम असोज ८ गते शनिवार दिउसो २ बजे गोनपा ८ मा रहेको नबिल फुड पार्टी प्यालेसमा हुनेछ ।