आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

टुकुचा खोज्दै महानगरपालिका, जय नेपाल हलको कम्पाउण्डमा भेटियो 

गोकर्णेश्वर खबर३० भाद्र २०७९, बिहीबार १९:४६ मा प्रकाशित (१ साल अघि) ३६५ पाठक संख्या

३० भदौ, काठमाडौं । बिहीबार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट मुनी टुकुचा खोला भेटिएको छ । जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खने पछि टुकुचा खोला फेला परेको हो ।

महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको हो ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला आवाशीय क्षेत्रमा छोपेर त्यसमाथी भवन लगायतका संरचना बनेका छन् ।

विगत लामो समयदेखि स्थानीयले खोला अतिक्रमण गरेर संरचना निर्माण गरेको भन्दै उत्खननको माग गर्दै आइरहेको थियो ।

टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो । गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले संरचना नहटाएपछि महानगर आफैँ टुकुचा खोलाको खोजीमा जुटेको छ ।