आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

गोकर्णेश्वर ४ मा फुटपाथ मिच्न र मापदण्ड विपरितका कार्य नगर्न ७ दिने सूचना 

गोकर्णेश्वर खबर३० भाद्र २०७९, बिहीबार ००:१४ मा प्रकाशित (१ साल अघि) २८४ पाठक संख्या

२९ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ ले फुटपाथ मिच्ने र मापदण्ड विपरितका कार्यहरु नगर्न सूचना जारी गरेको छ । वडा कार्यालयले आफ्नो घर, टहरा, पसल, कबल, र सटर भन्दा बहिर पानी निकाल्ने, फुटपाथमा पसल राख्ने, सिडीमा पसल राख्ने र घरको छतबाट पाईप हाली पानी बाटोमा झार्ने र वर्क सप राखि माटोमा मोटरसाइकल धुने जस्ता कार्यहरु वातावरण प्रतिकुल र मापदण्ड विपरित हुने भएकाले यस्ता कार्यहरु ७ दिन भित्र खाली गर्न तथा हटाउन आग्रह गरेको छ ।

जारी सूचनामा सूचना पश्चात् पनि अटेर गरी हटाउने तथा खाली गर्ने कार्य नगरेमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम कारवाही तथा जरिवाना गर्ने जनाएको छ । बुधबार वडा अध्यक्ष जयराम महतको हस्ताक्षरमा जारी गरिएको सूचनामा सो उल्लेख गरिएको छ ।