आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

आज देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

गोकर्णेश्वर खबर२६ भाद्र २०७९, आईतवार ०९:५६ मा प्रकाशित (१ साल अघि) १०७ पाठक संख्या

२६ भदौ, काठमाडौं । आज देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आजबाट तीर्थमा गई पितृहरुको श्राद्ध गर्ने धार्मिक प्रचलन रहेको छ । काठमाडौंमा गोकर्णेश्वर, उत्तरगया, पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा विशेष गरी पितृहरुको श्राद्ध गर्नेहरुको चहल पहल देखिन्छ ।

आज एकै दिन प्रतिपदा र द्वितीया तिथिमा श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिले जनाएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।