आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

राष्ट्रपतिबाट कुमारी इन्द्रजात्राको शुभकामना

गोकर्णेश्वर खबर२४ भाद्र २०७९, शुक्रबार ०८:१८ मा प्रकाशित (१ साल अघि) ७६ पाठक संख्या

२४ भदौ, काठमाडौं । कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोग गर्न मानव समाजलाई प्रेरित गर्ने बताएकी छिन् ।

उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ नेपाली समाजलाई अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले इन्द्रजात्रा पर्वले प्रकृति र मानव समाज बीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने गरेको बताइन् ।

उनले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचमा आपसी सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गरेकी छिन्।

काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा शुभारम्भ गरी आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ।