आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्ण पाखाथोक सडकको स्तर सुधारका लागि योजनाबद्ध रुपमा अगाडी बढ्न सरोकारवालाको जोड 

गोकर्णेश्वर खबर२३ भाद्र २०७९, बिहीबार २०:४१ मा प्रकाशित (१ साल अघि) ५१३ पाठक संख्या

२३ भदौ, काठमाडौं । गोकर्ण पाखाथोक सडकको स्तर सुधारका लागि योजनाबद्ध रुपमा अगाडी बढ्न सरोकारवालाको बैठकले जोड दिएको छ ।

बुधबार गोकर्णेश्वर नगरपालिकाको हलमा बसेको बैठकले हाल गोकर्णेश्वर नगरपालिकाबाट भईरहेका कार्यहरुलाई निरन्तरता दिने निर्णय गर्दै प्रदेश सरकारबाट विनियोजन भएको बजेटको लगत इस्टिमेट तयार गरी निर्माण कार्य अगाडी बढाउने निर्णय समेत गरेको छ ।

बैठकले सडकको स्तर सुधार कार्यका लागि सहजीकरण तथा अनुगमनका लागि उद्धव भण्डारीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यहरुमा श्रीकृष्ण ज्योती, श्यामसुन्दर पण्डित र श्रीचन के.सी. रहेका छन् ।

गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामाको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधि सभा सदस्य कृष्ण राई, वागमति प्रदेश सभा सदस्य रामेश्वर फुयाल, प्रमुख प्रशासकीय अधिकृत वैकृण्ठ प्रसाद सापकोटा लगायत वडा अध्यक्षहरु मधु तामाङ, जयराम महत, नन्दलाल श्रेष्ठ तथा वडा सदस्य र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

वैठकमा वक्ताहरुले गोकर्ण पाखाथोक सडक निर्माणमा आएको समस्या समाधानका लागि जनप्रतिनिधि र नगरपालिकाले मिलेर काम गर्ने र तत्कालका लागि स्तर सुधारका लागि उपलब्ध स्रोतको व्यवस्थापन गरी स्थानीय नागरिकलाई आवत जावतमा सहजता ल्याउने अबिलम्ब कार्य गर्नु पर्ने धारणा राखेका थिए ।