आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

फुटपाथ मिच्नेलाई गोकर्णेश्वर वडा ५ र ६ ले कारबाही गर्ने 

गोकर्णेश्वर खबर२२ भाद्र २०७९, बुधबार २२:२६ मा प्रकाशित (१ साल अघि) ४०० पाठक संख्या

२२ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५ र ६ ले फुटपाथ मिच्नेलाई कारबाही गर्ने भएको छ ।

आज दुबै वडाले संयुक्त सूचना जारी गर्दै घर, टहरा, पसल कबल र सटर भन्दा बाहिर पाली निकाल्ने जस्ता फुटपाथ मिच्ने कार्य गरेमा कारबाही गर्ने जनाएको छ ।

संयुक्त विज्ञप्तिमा फुटपाथ मिच्ने लगायतका कार्यहरु तत्काल रोक्न अनुरोध गर्दै त्यस्ता कार्यहरु आजको मितिले ७ दिन भित्र खाली गर्न तथा हटाउन सूचना जारी गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी र ६ का वडा अध्यक्ष नवराज लामाको संयुक्त हस्ताक्षरमा जारी गरिएको सूचनामा भनिएको छ– “उपरोक्त सम्बन्धमा गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र आफ्नो घर, टहरा, पसल कवल र सटर भन्दा बाहिर पाली निकाल्ने, फुटपाथमा पसल राखे, सिडीमा पसल राखे र छतबाट पाइप हाली पानी बाटोमा झार्ने जस्ता कार्यहरु वातावरण प्रतिकुल र दण्ड विपरित हुने भएकोले यस्ता कार्यहरु आजको मितिले ७ दिन भित्र खाली गर्न तथा हटाउन यो ७ दिने सूचना गरिन्छ । सूचना गरे पश्चात् पनि अटेर गरि हटाउने तथा खाली गर्ने कार्य नगरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारवाही तथा जरिवाना गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।”