आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन कार्यालय घेराउ

गोकर्णेश्वर खबर२० भाद्र २०७९, सोमबार १८:१८ मा प्रकाशित (१ साल अघि) २९७ पाठक संख्या

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट अर्बपति विनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो ।
काठमाडौं स् मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बुढानीलकण्ठ नगरवासीले काठमाडौं निर्वाचन कार्यालय घेराउ गरेका छन्। नेकपा ९एमाले० बुढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौं निर्वाचन कार्यालय घेराउ गरेको हो।

नेपाली कांग्रेस बुढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको कीर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइँसराइ र मतदाता परिचयपत्रलगायतका कागजात बोकेर निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले बताए।

निर्वाचन कार्यालय धर्नाका क्रममा निर्वाचन कार्यालय पुगेका बुढानीलकण्ठ(१० एमाले नगर कमिटी अध्यक्ष जगत निरौलाले नामावलीबाट नगर कार्यपालिका सदस्यसमेतको नाम हटाइएको भन्दै आक्रोस पोखे। निर्वाचन कार्यालयमा सम्पूर्ण कागजात पुर्‍याएर आएको नामावलीबाट नाम हटाउनु जनताको अन्याए भएको उनको भनाइ छ।