आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ (ख) बाट प्रदेस सभा उम्मेदवारको नाम सिफारिस 

गोकर्णेश्वर खबर१६ भाद्र २०७९, बिहीबार १३:३९ मा प्रकाशित (१ साल अघि) ३२१४ पाठक संख्या

१६ भदौ, काठमाण्डौं, नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ प्रदेस (ख) ले प्रदेस सभा सदस्यको उम्मेदवारको नाम सिफारिस गरेको छ । आज बसेको प्रदेश कमिटि बैठकले प्रतक्ष्य तर्फ ८ जना र समानुपातिक तर्फ २० जनाको नाम सिफारिस गरेको छ ।

काठमाण्डौ क्षेत्र नं ३ प्रदेश (ख) का सभापति विमल ठकुरीको अध्यक्षतामा बसेको बैठकले प्रतक्ष्य तर्फ विमल ठकुरी, गीता सिंखडा, कृष्णजी खड्का, विनय कुमार पण्डित, श्रीकृष्ण थापा, मनोज कुमार ढुंगाना, उत्तम खनाल र दितिल थापाको नाम सिफारिस गरेको छ ।*

यसैगरी, समानुपातिक तर्फ गोविन्द हरी पुडासैनी, लेख कुमारी पुडासैनी, रमेश अर्याल, राजु सुनार, शान्ति नेपाल, राम राज थापा, माधव खनाल, सुदर्शन सिग्देल, विक्रम सुनार, डम्बर लामा, सञ्जय लामा, मनहजुर बुढाथोकी, गायत्री दाहाल, हरिशरण ढकाल, मनराज श्रेष्ठ, राजेन्द्र भण्डारी, सुदर्शन धिमाल, रामजी श्रेष्ठ, रामकृष्ण ढकाल र कृष्ण कुमार चालिसे रहेका छन् ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ प्रदेश (ख) का सभापति विमल ठकुरीले प्रदेश सभाको उम्मेदवारका आकांक्षी साथीहरुको योग्यतालाई कदर गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडी बढाउन आकांक्षी सबैको नाम सिफारिस गरिएको गोकर्णेश्वर खबरलाई बताए ।

(*सम्पादन गरिएको)