आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

गोकर्णेश्वर महादेव मन्दिरमा ऋषिपञ्चमी मनाउँदै (फोटोफिचर)

गोकर्णेश्वर खबर१६ भाद्र २०७९, बिहीबार १२:४२ मा प्रकाशित (१ साल अघि) २२० पाठक संख्या

१६ भदौ, काठमाडौं । आज हिन्दु धर्मावलम्बी नारीहरूले ऋषिपञ्चमी पर्व मनाईरहेका छन् । आज गोकर्णेश्वर महादेव मन्दिरमा महिलाहरुले स्नान गरी पुजा गरिरहेका छन् । महिलाहरुले भाद्र शुक्ल पञ्चमीका दिनमा अरुन्धतीसहित सप्तर्षिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाउँछन् ।

तीजका व्रतालु महिलाले नदी खोला तलाउमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । गोकर्णेश्वर महादेव मन्दिरमा वागमति तटमा स्नान र पूजा गर्न बिहानैबाट महिलाहरु पुगेका थिए ।